Logo

नागरिकको शान्तिपुर्ण आन्दोलनमा सरकारले दमन गर्योः अभियन्ता विश्वभुमि



काठमाडौं, ९ फागुन । सामाजिक अभियन्ता तथा धार्मिक व्यक्ति होमबहादुर कार्की (विश्वभुमि)ले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको आन्दोलनमा प्रहरीले नेपाली जनतामाथी दमन गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै कार्कीले नागरिकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले ज्यादती गरेको बताएका हुन् ।

कार्कीले एमसीसीविरुद्धको शान्तिपुर्ण आन्दोलनमा आइतबार प्रहरीले सोझा नेपाली नागरिकमाथि अन्याय गरेको बताए । राष्ट्र अहिले गम्भिर अवस्थामा गुज्रिएको भन्दै अब नेपाली सेनाले देश बचाउनुपर्ने उनले जिकिर गरे । उनले भने,‘नेपाली जनताले तिरेको करले नेपाली सेना पालिएका हुन्, अब सेना देशको रक्षाको लागि अघि बढ्नुपर्छ । अब सेना चुप लागेर बस्न हुँदैन् ।’ नेपाली नेताहरु विदेशीको इशारामा लम्पसार परेको उनको भनाई थियो । एमसीसी सम्झौताको सुरु देखिनै आफुले विरोध गर्दै आएको भन्दै उनले राष्ट्रियताको विषयमा सबै नेपाली सडकमा आउन पर्ने उनले बताए । धेरै मानिसहरु पानी खान नपाएर धेरै मरेको भन्दै पानीको फोहोरा सडकमा नफाल्न पनि कार्कीले सरकारसँग आग्रह गरे ।

अब गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा माग गर्नुपर्ने बेला आएको उनको भनाई थियो । उनले भने,‘नेपाली कांग्रेसको एउटा व्यक्तिले गर्दा देश डुब्न लागेको छ ।’ अब नेपालीहरुलाई एमसीसीले गृहयुद्धतिर धकेल्न खोजेको उनले आरोप लगाए । एमसीसी राष्ट्रघाती भएको भन्दै उनले नेपालीको पहिचान जोगाउन अब सबै नेपालीले खुकुरी नचाउनु पर्ने बेला आएको सुनाए । एमसीसीको पक्षमा उभिनेहरुलाई उनले विदेशीको मतियारको संज्ञा दिए ।

देशको स्वाधिनता र अखण्डता जोगाउन नेपाली जे गर्न पनि तयार रहेको उनले बताए । एमसीसीविरुद्ध आन्दोलन ढुंगामुढाँले मात्र नभई शान्तीपुर्ण रुपले पनि गर्न सकिने उनको भनाईथियो । उनले भने,‘ध्यान, योग शान्तिपुर्ण तरिकाबाट पनि राष्ट्रको हितको लागि आन्दोलन गर्न सकिन्छ ।’

देश बनाउन शिर्ष नेताहरु सुध्रिनु आवश्यक रहेको उनले औल्याए । अब नेताहरु नसुध्रिने हो भने आगामी हुने सबै तहका चुनाव गर्न नसक्ने पनि उनले जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्