Logo

प्रतिपक्षी दल एमालेको विभाग प्रमुखहरुको बैठक सम्पन्न



काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय विभाग प्रमुखहरुको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा २२ विभागका प्रमुखहरु उपस्थिति थिए ।

बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईलगायतको विभागका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए । बैठकले विभागहरुलाई पुर्णता दिने, कार्ययोजना बनाउने र समन्वयात्मक रुपमा काम अघि बढाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot