Logo

एक अर्ब ऋणमा डुबेका व्यवसायी अग्रवाल पक्राउ परेपछि…



काठमाडौं, ९ फागुन । जायजेथा बेचेर भएपनि ऋण तिर्ने प्रतिवद्धता गरेर स्वदेश फर्किएका ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परी अनुसन्धानका लागि थुनामा राखिएका छन् । उनी चेक बाउन्सको उजूरीमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट शुक्रबार पक्राउ परी आइतबारदेखि चार दिनको म्याद थपेर थुनामा राखिएका हुन् ।

अग्रवालले विभिन्न बैंकहरुबाट गरी ८१ करोड ऋण लिएका छन् । त्यसबाहेक विभिन्न व्यक्तिहरुसँग पनि ऋण लिएको खुलेको छ । उनीविरुद्ध चेक बाउन्समा ६ महिना अघि नै टंक शमशेर जबरा र सञ्जय अधिकारीले उजूरी गरेका थिए । अहिले आएर यही उजूरीका आधारमा पक्राउ गरिएपछि ऋण दिएकाहरु आत्तिएका छन् ।

अग्रवाल सञ्चालक रहेको ग्रीनलाइन सेन्टर महङ्गा रक्सीको कारोबारी हो । उनले मेगा बैंकबाट २४ करोड, ग्लोबल आइएमइ बैंकबाट साँढे ७ करोड, एभरेष्ट बैंकबाट २० करोड र नेपाल इन्भेष्टमेन्ट बैंकबाट ३० करोड रुपैयाँ कर्जा लिएको खुलेको छ । यसबाहेक उनले साथीभाई र अन्य वित्तीय संस्थाबाट पनि ऋण लिएको बुझिएको छ । ऋण दिनेहरु अग्रवालको पक्राउ पछि चिन्तित बनेका छन् ।

विगतमा सुधीर बस्नेत पनि पक्राउ परेपछि धेरै मानिसहरुको लगानी डुबेको थियो । इच्छाराम तामाङको पक्राउले पनि त्यस्तै अवस्था ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्