Logo

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै



सुर्खेत, फागुन १० । प्रदेश १ को नाम राख्नेबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशको नामाकारणमा अझै अलमलमा रहेको प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट प्रदेशको नामाकरणबारे सहमतिको तयारी गरिएको छ । ६ वटै प्रदेशले आफ्नो नाम राखिसेका छन् । तर, प्रदेश १ को नाम भने बहुपहिचान वा भूगोल कुन आधारमा राख्ने भन्ने विषयमासमेत दलहरुबीच सहमती हुन सकेको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्