Logo

एनआईसी एशिया बैंकद्धारा पन्तलाई घातक रोगको उपचार बीमा बापत रकम प्रदान



काठमाडौं, १० फागुन । एन आई सी एशिया बैंकले रू. १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई प्रदान गरेको छ । बैंकको ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अन्तर्गत बैंकको काठमाडौं स्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोल्ने भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्याम प्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएको हो ।

पन्तलाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

पन्तलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो । बैंकको बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरुले बीमा वापत रू. ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot