‘ए’ डिभिजन लिगः आज पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्ने


काठमाडौं, १० फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ ।

पुलिस ११ खेलमा ११ अंक जोडेर ११औं स्थानमा रहेको छ भने एपीएफ १४ अंकका साथ आठौं स्थानमा रहेको छ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ४ः४५ बजे सुरु हुनेछ ।

आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने संकट १५ अंकका साथ सातौं स्थानमा रहेको छ ।