Logo

इटालियन सिरी ‘ए’ फुटबल: नापोली र काग्लियारी बराबरीमा रोकिए



काठमाडौं, १० फागुन । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र काग्लियारी बराबरीमा रोकिएका छन् ।

सोमबार राति भएको खेलमा नापोली र काग्लियारीबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ५८औं मिनेटमा गास्टन पेरिरोले गोल गर्दै काग्लियारीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ८७औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै २६ खेलमा ५४ अंक जोडेको नापोली तेस्रो स्थानमा रहेको छ भने काग्लियारी १८औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot