Logo

प्रि ओपनमा बढ्यो नेप्से



काठमाडौं, १० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.३७ अंकले बढेको छ ।

यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको छ । १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको २८ वटा कारोबार भएको छ । आज बजार उकालो लाग्ने संकेत देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot