Logo

१२ प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह



काठमाडौँ, १० फागुन। प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । साथै सम्पर्कमा आउनका लागि ७ दिनको म्याद समेत दिइएको जनाएकाे छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) एक सूचना जारी गरेको छ। उनीहरुलाई ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा रहेका छन् ।त्यस्तै , अन्य प्रहरी जवानहरु विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको सूचनामा उल्लेख गरिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्