Logo

श्रीलंकामा इन्धन आपूर्ति गर्न रकम अभाव



एजेन्सी, १० फागुन। श्रीलंका सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ । त्यहाँका सम्पूर्ण इन्धन स्टेशनहरु सुख्खा भएको हाे। हाल बेलाविदेशी मुद्राको सञ्चिती समेत शून्य भएपछि श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको बुझिएको छ । श्रीलंकाका उर्जामन्त्री उदय गम्मनपिलाले दुई पटक इन्धन आईपुगे पनि त्यसको ढुवानीको रकम भुक्तानी दिने पैसा समेत नभएको बताएका छन्।

गत साता त्यहाँको सरकारी रिफाइनरी सिलोन पेट्रोलियम कर्पोरेसनले इन्धन आपूर्तिका लागि रकम नभएको बताएको थियो । उक्त संस्थाको २०२१ मा मात्रै साढे २१ करोड डलर ऋणमा रहेकोछ । यो संकट समाधानका लागि तेलको भन्सार दर कटौती गर्ने वा चर्को मूल्य वृद्धि गर्नुभन्दा अर्को विकल्प नरहेको बताइएको छ ।

गत महिना भारतले श्रीलंकालाई ९० करोड डलर उपलब्ध गराएको थियो भने ४० हजार मेट्रिक टन तेल पनि दिएको थियो । आर्थिक मन्दीको असर अरु क्षेत्रमा पनि पर्नथालेको छ । खानेकुरासहित अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव चुलिन थालेको छ भने मुद्रास्फिति दर २५ प्रतिशत माथि पुगिसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्