Logo

सर्लाहीमा स्याल आतंकः स्यालले टोकेर १५ जना घाइते



सर्लाही, १० फागुन । सर्लाहीमा स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका छन् । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका–२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गर्दा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् ।

स्यालले कसैको औँला खाइदिएको छ भने घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जनाइएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्