Logo

मधेस प्रदेशको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित



काठमाडौँ, १० फागुन। मधेस प्रदेशको आज (मंगलबार) बस्ने भनिएको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित भएको छ । यसअघि १ फागुनका लागि तय गरिएको बैठक स्थगित गरी १० फागुनमा बोलाइएको थियो ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशन, सभामुखको पोखरा भेला र प्रदेशसभा भवन जाने बाटो मरम्मत भइरहेकोले आवतजावतमा समस्या भएको भन्दै आज बस्ने भनिएको बैठक स्थगित गरिएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot