Logo

स्थानीय निर्वाचनको लागि आयोगमा नयाँ ६ पार्टी दर्ता



काठमाडौं, १० फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ६ वटा नयाँ पार्टी दर्ता भएका छन् । स्थानीय चुनावको लागि आयोगले गत फागुन ५ गतेदेखि दल दर्ता सुरु गरेकोमा हालसम्म नयाँ ६ वटा दल दर्ता भएको जनाएको छ ।

निर्वाचन आयोगको अनुसार जनता प्रगतिशिल पार्टी, सामाजिक एकता पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली), साझापार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टी नयाँ थपिएका हुन् । यी नयाँ दलसँगै आयोगमा हालसमम दर्ता भएका दलको संख्या १०९ पुगेको छ । पुरानै पार्टीसहित हालसम्म १० पार्टीेले आयोगमा निवेदन दिएका छन् ।

यसैगरी, आयोगले परिचयपत्र हराएको, नासिएको वा कुनै पनि अन्य कारणले आफुसँग नभएमा परिचयपत्र पाउनको लागि फागुन २० गतेसम्म निवेदन दिन मिति तोकेको छ । त्यसको लागि इमेल र फ्याक्स गरेर पनि आयोगमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot