Logo

काठमाडौंमा फोहोर थुप्रियो



काठमाडौं, १० फागुन । काठमाडौं उपत्यकाको फोहोर नौ दिनदेखि उठ्न सकेको छैन् । नुवाकोटका बासिन्दाको अवरोधको कारण फोहोर उठ्न नसकेपछि उपत्यका दुर्गन्धित भएको हो ।

फोहोर विसर्जन हुँदै आएको नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो समयमै मर्मत नगरको भन्दै पासाङल्यामु राजमार्ग क्षेत्रका बासिन्दाले अवरोध गरेपछि फोहोर थुप्रिएको हो ।

काठमाडौं महानगरपालिकाले भने सडक विभागलाई तत्काल सडक मर्मतको काम पुरा गरी स्थानीयको माग पुरा गर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक पटक रोकिंदा अपजस भने स्थानीय सरकारले पाउने गरेको छ। हाल बन्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको बताइएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot