Logo

राष्ट्र उत्थान लघुवित्तको आइपीओ नतिजा कहिले ?



काठमाडौं, १० फागुन । राष्ट्र उत्थान लघुवित्तको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने तयारी गरिएको छ ।

फागुन १२ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी केही काम भने गर्न बाँकी रहेको भन्दै अन्तिम निर्णय भने नभएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

राष्ट्र उत्थानको आइपीओमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो भनेको माग गरेको भन्दा ३८.४२ गुणा बढी आवेदन हो ।

जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् । आइपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot