Logo

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



ललितपुर, १० फागुन। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुनसरी, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्जु गाउँपालिका-४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सितागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्