Logo

गठबन्धन नतोड्नेगरि प्रचण्डको दौडधुप, हिजो प्रधानमन्त्री देउवा र आज माधव नेपालसँग भेटवार्ता



काठमाडौं, १० फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सक्रियता बढेको छ । सरकारले प्रतिनिधिसभामा एमसीसी टेबुल गरेपछि पार्टीभित्रैबाट उनीमाथि सरकार छोड्नुपर्ने दबाब आएको छ ।

माओवादी केन्द्रका अधिकांश नेताहरु एमसीसी तत्काल सदनमा टेबुल गर्न दिन नहुने पक्षमा थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास/फेल जे भएपनि सदनमा प्रस्तुत गर्न दिनुपर्ने अडान राखेका थिए ।

फागुन ८ गते प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्तुत गर्नुभन्दा अघि गठबन्धनको बैठक बसेको थियो । सो बैठकमा प्रचण्डमात्रै अहिले टेबुल गर्न नहुने पक्षमा उभिएका थिए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने एमसीसी टेवुल गर्न दिनेबारे सुरुदेखि नै लचकता अपनाएका थिए ।

एमसीसी सदनमा टेवुल भएको दिन माओवादी केन्द्रका सांसदहरुले उभिएर विरोध जनाएका थिए । यता, सडकमा भने माओवादी केन्द्रका भातृ संगठनहरु भने आन्दोलनमा उत्रिएका थिए । कतिपयले यो दृश्यलाई माओवादी केन्द्रको दोहोरो नीति भनेर आलोचना भैरहेको छ ।

माओवादी केन्द्रले एमसीसी टेवुल गरिए सरकारबाट बाहिरिने समेत निर्णय गरेको थियो । तर, अध्यक्ष प्रचण्डका कारण आज÷भोलि नै सरकार छोड्ने वा नछोड्नेबारे छलफल गर्नुपर्ने भएकोले समय मागेका छन् । पार्टीभित्र पनि उनले नेताहरुसँग छलफल गरिरहेका छन् ।

हिजो साँझमात्रै उनले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । उक्त छलफलमा पनि प्रचण्डले वर्तमान गठबन्धन जोगाएर लैजानुपर्ने धारणा राखेका थिए । आज विहानमात्रै उनले माधव नेपालसँग पनि छलफल गरेका छन् ।

पछिल्लो समय प्रचण्ड र माधव नेपाल दुवै जना वर्तमान गठबन्धन जोगाएर जानुपर्नेमा पक्षमा उभिएका छन् । गठबन्धन जोगिनको लागि एमसीसी पारित गराउन सहयोग गर्नुपर्ने प्रधानमन्त्री देउवाको शर्त छ । यसमा प्रचण्ड र माधव नेपाल दुवै जना सकारात्मक रहेको बुझिएको छ ।

यसको लागि प्रचण्ड र माधव नेपाल दुवैले आफ्नो दलका सांसदहरुलाई ह्वीप नलगाउने तयारी गरेको बुझिएको छ । उता, जनता समाजवादी पार्टी, नेपालले पनि एमसीसी भोटिङमा गएको दिन ह्वीप नलगाउने भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot