Logo

राप्रपाको सुशासन बिभागमा ज्ञानेन्द्र शाही मनोनयन



काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सुशासन बिभागको प्रमुखमा ज्ञानेन्द्र शाही मनोनयन भएका छन् । मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका प्रवक्ता समेत रहेका शाहीलाई मनोनयन गरेका हुन् ।

हालै शाहीले नेतृत्व गरेको भ्रष्टाचार विरुद्धको अभियान ‘हाम्रो नेपाल हामी नेपाली’ राप्रपामा समाहित भएको थियो । भ्रष्टाचार विरुद्ध अभियान चलाएर चर्चामा आएका शाही आसन्न संसदीय चुनावमा समेत उठ्ने तयारीमा छन ।



प्रतिक्रिया दिनुहोस्