Logo

देउवा र ओलीबीच भेटवार्ता जारी, ईश्वर पोखरेल र रिमाल पनि सहभागी



काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६ः३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए ।

ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि छलफलमा रहेका छन् । भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल हुने ओलीको सचिवालयले जनाएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल हुनेछ ।

file photo

 



प्रतिक्रिया दिनुहोस्