Logo

रुसी सैनिक युक्रेन पस्दा तेलको मूल्य उकालो लाग्यो



काठमाडौं, ११ फागुन । रुसी सैनिक युक्रेनमा पस्दा विश्व अर्थतन्त्र नै तरंगित भएको छ । युक्रेन संकटले निरन्तर वृद्धि भएको तेलको मूल्य सन् २०१४ यताको किर्तिमान तोड्दै ९९ डलर प्रति ब्यारल नाघेको छ ।

रुसले डोनेत्स्क र लुहान्स्क दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सैनिक पठाएको छ । रुसी सैनिकहरु दुई क्षेत्रमा शान्ति स्थापनाका लागि भन्दै पसेका छन् ।

आयल प्राइसका अनुसार रुसी फौज युक्रेनमा पसेपछि तेलको मूल्य ९९ डलर माथि पुगेको हो । तेलको मूल्य बढ्दा रुसको अर्थतन्त्रलाई ठूलो फाइदा पुगिरहेको छ । रुसको अर्थतन्त्रको ठूलो हिस्सा तेल र ग्याँस जस्ता खनिजमा निर्भर छ ।

तेल उत्पादक देशहरुको संगठन ओपेकले उत्पादन बढाउन दबाब खेपिरहेका छन् । उनीहरुले त्यसलाई स्वीकारेका छैनन् । रुसले उत्पादन नबढाउने नीति लिएको छ ।

रुस र युक्रेनबीच युद्धको सम्भावना बढेको छ । युद्ध भएमा तेलको मूल्य अझ बढ्न सक्छ ।

तेलको मूल्य बढ्दा आयातकर्ता देशहरुको अर्थतन्त्रमा ठूलो धक्का पर्ने देखिएको छ । नेपाल पनि त्यसमध्ये पर्छ । नेपालले प्रति महिना २० अर्ब रुपैयाँ भन्दा बढीको तेल आयातका लागि खर्च गरिररहेको छ । घाटामात्र २ अर्बभन्दा बढी छ । अब तेलको मूल्य झन् बढ्दा महिनाको अबौं रुपैयाँ बढी रकम विदेश पुग्ने अवस्था बनेको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्