Logo

..अब एमसीसी राष्ट्रघाती ? : सूर्य थापा



काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले परमादेशको सरकारको बिजोग भएको र अब पतन अनिवार्य भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले एमसीसीलाई लिएर अहिे देशमा जात्रा चलिरहेको पनि उल्लेख गरेका छन् । सरकारमा भाँडहरुको लुटपाट रहेको र बाहृय सम्बन्ध अविश्वास र संकटमा परेको उनको टिप्पणी छ । उनले लेखेका छन्-

एमसीसी कम्प्याक्ट –

१) देउवा- प्रचण्डकाे सहमतिमा महराले अमेरिकी अधिकारीहरूसँग गरी वार्ता र सहमति।
२) देउवा प्रचण्डको आदेशमा ज्ञानेन्द्रबहादुर कार्की अमेरिका पुगेर हस्ताक्षर।
३) कम्प्याक्ट संसदमा लैजान दुईतिहाइकाे सरकारका बेला प्रचण्डको तत्कालीन सरकारसँग सहमति, माओवादी पृष्ठभूमिका मन्त्रीहरूसहित क्याबिनेटबाट निर्णय।
४) प्रचण्ड- महरा- सापकोटाद्वारा गिजाेल्ने र विराेधमा वातावरण भड्काउने सिलसिला निरन्तर ।
५) देउवा- प्रचण्डको संयुक्त हस्ताक्षरमा २०७८ कात्तिकमा एमसीसीलाई ४-५ महिनाभित्र संसदबाट अनुमाेदन गराउने कायलनामाकाे पत्राचार।
६) देउवा- प्रचण्ड- नेपालसहित पाँच दलीय गठबन्धनका नेताहरूकाे सहमतिमा संसदमा टेबुल गर्ने निर्णय।
७) अर्थमन्त्री सहमतिमा अनुपस्थित, संचारमन्त्रीद्वारा सहमतिमा कम्प्याक्ट संसदमा टेवुल।
यतिन्जेल एमसीसी राष्ट्रवादी?
तर,
सरकारमा सँगसँगै माेजमस्ती,
संसदमा विराेधमा नाराबाजी,सडकमा प्रदर्शन र आक्रामक उत्तेजनात्मक र हिंसात्मक रवैया जारी, देउवा-प्रचण्ड- नेपालकै सरकारकाे गृहप्रशासनद्वारा प्रदर्शनकारीमाथि दमन।
अब एमसीसी राष्ट्रघाती?
आफैले निर्णय गरी संसद बैठकमा टेवलसमेत गरेकाे एमसीसी राष्ट्रघाती?
मति राष्ट्रघाती भएको सटीक दृश्य- दृष्टान्त।
खासमा देशमा जात्रा चलिरहेको छ! सरकारमा भाँडहरूकाे लुटपाट छ, बाह्य- सम्बन्ध अविश्वास र संकटमा परेकाे छ!
परमादेशकाे बिजाेग र पतन अनिवार्य भएको छ।



प्रतिक्रिया दिनुहोस्