Logo

प्रचण्डलगत्तै एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाँण



काठमाडौं, ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेटन् गृहमन्त्री खाँण विहानै खुमलटार पुगेका थिए । एमसीसी पास गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गरिरहेका छन् ।

देउवाकै आग्रहमा गृहमन्त्री खाँणले आज दाहाललाई भेटेका हुन् । प्रधानमन्त्री देउवा जसर पनि एमसीसी पास गराउनेगरि लागिपरेका छन् । हिजो साँझमात्रै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा पनि देउवाले ओलीलाई एमसीसी पास गराउन सहयोग मागेका थिए ।

तर, ओलीले एमालेको माग पूरा नभएसम्म आफूहरुले संसदीय प्रक्रियामा नै भाग नलिने बताएको कुुरा बाहिर आएको छ । गृहमन्त्री खाँण भने यतिवेला एमाले अध्यक्ष ओलीको निवासमा छन् । दाहालसँगको भेटवार्ता सकेर खाँण सिधै बालकोट पुगेका हुन् । प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ ।

बैठक बस्नु अघिल्लो दिन प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनेगरि सहमति कायम गर्न खोजेका छन् । त्यसको लागि उनी सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल दुवैसँग विकल्पसहित प्रस्तुत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्