Logo

ललितपुर मेयर च्याम्पियनशीपः एपीएफको लगातार दोस्रो जित



काठमाडौं, ११ फागुन । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा आज (बुधबार) बिहान भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

बुधबारको खेलमा सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफको जितमा रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रन बनाइन् । साथै, ममता चौधरी १४ रनमा अविजित रहिन् भने ज्योती पाण्डेले ११, इन्दु बर्माले १० तथा सरिता मगरले ९ बनाइनु ।

सुदुरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिइन् ।

सुदुरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ तथा डोली भट्टले ११ रनको जोडे ।

एपीएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट लिइन् भने करुणा भण्डारी र सरिता मगरले समान दुई–दुई विकेट लिए । साथै, राजमती ऐरीले १ विकेट हात पारिन् ।

यस अघि एपीएफले आफ्नो पहिलो खेलमा प्रदेश नं. १ लाई ६ विकेटले पराजित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot