Logo

नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने



काठमाडौं, ११ फागुन । नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नयाँ सारथीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस र नगद लाभांश प्रस्ताव गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot