Logo

कमल थापाले गरे केन्द्रीय सदस्य मनोनयन



काठमाडौं, ११ फागुन । राप्रपा नेपालका नवनियुक्त अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समिति सदस्यमा ४ जनालाई मनोनयन गरेका छन् । गत प्रजातन्त्र दिवस फागनु ७ गते पार्टीको औपचारिक घोषणा गरेका थापाले वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह, अधिवक्ता प्रा नरप्रसाद थापा, पुर्व प्रशासक ज्ञानेन्द्र कार्की र उद्यमी रमेशराज पन्तलाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् ।

थापाले आफु निकटका राप्रपामा रहेका नेता तथा कार्यकर्ताहरु पनि आफ्नो पार्टीमा आउने दाबी गर्दै आएका छन् । राप्रपाको पुर्व अध्यक्ष समेत रहेका थापाले एकिकरण पछिको पहिलो महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि राजतन्त्र त्यागेको घोषणा गर्दै नयाँ पार्टी बनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्