Logo

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी छलफल हुने



काठमाडौं, ११ फागुन । भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी छलफलमा लगिने भएको छ । संघीय संसद सचिवालयले तयार गरेको कार्यसुचीमा एमसीसीको सामान्य छलफल हुने उल्लेख गरिएको छ । गत फागुन ८ गते चर्को विरोधको बाबजुद पनि सरकारले एमसीसी सदनमा टेबल गरेको थियो ।

भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पेश गर्ने कार्यसुची रहेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले भोलि नै कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । परामर्श समितिको बैठकमा एमसीसी कसरी अघि बढाउने विषयमा विशेष छलफल हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot