Logo

नेप्सेमा आज दोहोरो अंकको गिरावट



काठमाडौं, ११ फागुन । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसुचक १५ दशमलव ५० अंकले घटेर २७ सय २० दशमलव ४३ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव २२ अंकले घटेर ५१७ दशमलव ९३ विन्दुमा रोकिएको हो ।

नेप्से आज २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँ बराबरको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot