Logo

प्रचण्डले गरे सभामुख सापकोटाको पद जोगाएको खुलासा



काठमाडौं, ११ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटाको पद धरापमा परिसक्दा जोगाएको खुलासा गरेका छन् । उनले माओवादी केन्द्रको बागमती प्रदेश कमिटीलाई सम्बोधन गर्दै सभामुखको पद जोगाउनका लागि एमसीसी टेबल गर्न दिइएको खुलासा गरे ।

एमसीसी टेबल गर्न दिइएपनि काँग्रेसले अनुमोदनको लागि दबाब दिइरहँदा प्रचण्डको महत्वपूर्ण खुलासा समेत भएको छ । उनले देश दुर्घटनामा पर्न सक्ने भएकाले एमसीसी टेबल गर्न दिइएको जिकिर समेत गरे । उनले भने, ‘सभामुख बचाउन र गठबन्धन जोगाउन एमसीसी टेबल गर्न दिइएको हो । हामीले संशोधनविना टेबल हुन नदिने धेरै प्रयास गरेका हौं तर सकेनौं ।’

सभामुखलाई हटाउन काँग्रेस समेत विपक्षमा जानसक्ने अवस्थालाई रोकेको प्रचण्डले दोहोराएका थिए । उनले विपक्षमा मतदान गर्ने स्पष्ट पारे । तर, सभामुखको पद फेरि धरापमा पर्न सक्नेतर्फ प्रचण्डले संकेतहरु गरे ।

एमसीसी टेबल गर्न दिंदा प्रचण्डले राजनीतिक लेनदेनहरु गरेको समेत खुलिसकेको छ । उनले सभामुख सापकोटाको पद जोगाउने देखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव लान काँग्रेसलाई सहमतिमा ल्याउन सकेका थिए ।

अब एमसीसीमा अहिलेसम्म विपक्षमा मतदान गर्ने भनिरहेका प्रचण्डले सभामुख सापकोटाको पद धरापमा पर्न नदिन कुनै कठोर कदमा चाल्न सक्ने सम्भावना पनि छ । उनले या त एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत साथमा ल्याएर एमसीसी असफल बनाउने या देउवासँग राजनीतिक लेनदेन गरी एमसीसीको उपयुक्त निकास दिने सम्भावना बढेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot