Logo

एमसीसीविरुद्धको आन्दोलन जारी (फोटोफिचर)



काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोधमा प्रदर्शन जारी राखेको छ । सरकारले एमसीसी संसद्मा टेबुल गरेपछि यसको विरोधमा आन्दोलन र प्रदर्शन जारी छ ।

अखिल क्रान्तिकारीले आज पनि काठमाडौंमा जुलुश तथा प्रदर्शन गरेको थियो । अपरान्ह जुलुश प्रदर्शन गरेको उक्त संगठनले साँझमा भने मशाल जुलुश निकालेको थियो ।

एमसीसीविरुद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का भातृ संगठन पनि सडकमा आएका छन् । अखिल र युवा संघले पनि विरोध गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot