Logo

सभामुख सापकोटासँग प्रचण्ड र नारायणकाजी श्रेष्ठको भेटवार्ता, एमसीसीबारे छलफल



काठमाडौं, ११ फागुन । सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ुप्रचण्डु बीच भेटवार्ता भएको छ। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो ।

प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ । सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् ।

सभामुखसँगको प्रचण्डको भेटवार्तालाई महत्वको साथ हेरिएको छ । पछिल्लो समय एमसीसीको विपक्षमा उभिने भनेर माओवादी केन्द्रले निर्णय गरिसकेको अवस्थामा सभामुखले पनि सोहीअनुसार भूमिका खेले उनलाई हटाउनेसम्मको कांग्रेस र नेकपा (एमाले) को तयारी रहेको कुरा बाहिर आएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्