Logo

सिहंदरबारमा प्रचण्ड, माधव नेपाल र झलनाथबीच बैठक सुरु, विपक्षमा मतदान गर्ने



काठमाडौं, फागुन १२ । प्रतिनिभिसभावको बैठक बस्नु अगाडी सत्ता गठबन्धनमा आवद्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र सोहि पार्टीका सम्मानीत नेता झलनाथ खनालबीच भेटवार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदिय दलको कार्यालयमा भेटवार्ता जारी छ । उक्त भेटवार्ताको क्रममा तिनै जना नेताले अहिलेको अवस्थामा एमसीसीको पक्षमा उभिन नसक्ने निस्कर्ष निकालेको स्रोतले जनाएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रनिनिधिसभाको बैठकमा एमएसीसीबारे छलफल गर्ने कार्यक्रम छ । संसदबाट एमसीसी पारित गर्न पछिल्लो समय कांग्रेस नेताहरुको दौडधुप बढेको छ । एमसिसी सम्झौता संघीय संसद्बाट अनुमोदन गर्ने तयारी अनुसार अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्