Logo

पुटिनद्वारा अमेरिकासहित पश्चिमा देशलाई चेतावनी



एजेन्सी, १२ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित नाटोसम्बद्ध पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गर्दै उनले कुनैपनि शक्ति आफ्नो कदमविरुद्ध हस्तक्षेप गर्न आए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

युक्रेनको डोनबार क्षेत्रमा सैनिक कारबाहीको घोषणा गर्ने क्रममा उनले अमेरिकालाई गम्भीर चेतावनी दिएका हुन् । युक्रेनलाई अमेरिकासहित नाटो सम्वद्ध देशहरुले साथ दिइरहेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनसँग वार्ताको प्रयास गरेपनि बेवास्ता गरेको बताएका छन् । युक्रेनले राष्ट्रव्यापी संकटकाल घोषणा गरिसकेको छ । उसले रुसमा रहेका ३० लाख युक्रेनीलाई उक्त देश छाड्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस्