Logo

विश्वकप छनोटमा तेस्रो स्थानको लागि नेपाल र ओमान प्रतिष्पर्धा गर्दै



काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज (बिहीबार) ओमानसँग प्रतिष्पर्धा गर्दैछ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको विश्वकप यात्रा टुङ्गिएको थियो ।

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो ।

छनोटको फाइनलमा युएई र आयरल्याण्ड भिड्ने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot