Logo

विराट र अनुष्का एउटै सुटिङ सेटमा देखिए, सामाजिक सञ्जालमा तस्बिर भाइरल



एजेन्सी, १२ फागुन । बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति क्रिकेटर विराट कोहली हालै मुम्बईमा एउटा विज्ञापन सुटिङको सुटिङ सेटमा देखिएका थिए । जसका केही तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यी भाइरल फोटोहरूमा विराट सरदारको लुकमा देखिएका छन् । त्यस्तै अनुष्का पञ्जाबी गेटअपमा पनि देखिएकी छिन् ।

भाइरल तस्बिरमा विराट कोहलीले कालो पगडी, सेतो शर्ट र टाउकोमा क्रीम रंगको पेन्ट लगाएको देख्न सकिन्छ । यसबाहेक विराट फोनमा कुरा गरिरहेको देखिन्छ । यसै क्रममा अनुष्काले हल्का गुलाबी रंगको कुर्ता र सेतो मास्क लगाएकी देखिएकी छिन् । विराट–अनुष्काका यी भाइरल तस्बिरलाई फ्यानहरुले मन पराइरहेका छन् र उनीहरुले यो जोडीलाई प्रेमको वर्षा गरिरहेका छन् । विराटको टर्बान लुकको पनि सबैले तारिफ गरिरहेका छन् ।

विरुष्काले सन् २०१७ मा विवाह गरेका थिए । दुवै गत वर्ष २०२१ मा छोरी वामिकाका अभिभावक बनेका थिए । वर्कफ्रन्टमा, अनुष्काले भर्खरै भारतीय महिला क्रिकेट टोलीको पूर्व कप्तान झुलन गोस्वामीको जीवनीमा आधारित उनको आगामी फिल्म ’चकडा एक्सप्रेस’ को लागि क्रिकेट प्रशिक्षण लिन थालेकी छिन्। केही दिनअघि उनले मैदानबाट प्रशिक्षण लिएका केही तस्बिर पनि सार्वजनिक भएका थिए ।

यो फिल्मको पहिलो शेड्युलको छायांकन मे–जुन महिनामा कोलकातामा हुनेछ । यो चलचित्रलाई प्रोसित रोयले निर्देशन गर्दैछन् । यो फिल्मबाट अनुष्का लामो समयपछि पर्दामा फर्किएकी छिन् । उनी पछिल्लो पटक सन् २०१८ मा ‘जिरो’ मा देखिएका थिइन्, जसमा शाहरुख खान र कट्रिना कैफ पनि मुख्य भूमिकामा थिए।



प्रतिक्रिया दिनुहोस्