Logo

ठूला राजनीतिक दलका शीर्ष नेताहरुको केटाकेटीपनले परराष्ट्र सन्तुलन बिग्रियो: राजेन्द्र लिङ्देन



काठमाडौँ, १२ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ठूला राजनीतिक दलका नेताहरुको केटाकेटीपन व्यवहारका कारण देशमा अस्थिरता निम्तिएको बताएका छन्। प्रतिनिधिसभाको बैठक स्थगित भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘ठूला राजनीतिक दलका शीर्ष नेताहरुले आलोकाँचो व्यवहार देखाए, केटाकेटीपन व्यवहार देखाए, जसका कारण परराष्ट्र सम्बन्धमा सन्तुलन बिग्रिएको छ।’ उनले यथास्थितिमा एमसीसी पास गर्न नसकिने स्पष्ट पारे। ‘यही वस्थामा एमसीसी पास गर्न सकिँदैन। मतदान गर्ने बेलामात्रै पक्ष कि विपक्षमा गर्ने भन्नेबारे निर्णय गर्छौं,’ उनले भने।-File Photo



प्रतिक्रिया दिनुहोस्