Logo

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट



काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार ३ बजे आईपीओ बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँट गर्दा लक्की नम्बर ६ परेको छ ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जनाको आवेदन परेकोमा ५ हजार ८५९ जनाको आवेदन रद्द भएको क्यापिटल ले जनाएको छ ।

माग भन्दा बढी आईपीओमा आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँट गरेको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४५० जनाले१० कित्ता शेयर पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्