Logo

बोर्डिङपास बिना विमानमा युवक छिरेपछि सुरक्षा कमाण्डर निलम्बित



काठमाडौं, १२ फागुन । केही दिन अघि नेपाल वायु सेवा निगमको कतार उडान भर्ने विमानमा एक युवक बिना टिकट छिरेका थिए । अनाधिकृत व्यक्तिले प्रवेश पाएकोमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका सुरक्षा कमाण्डर निलम्बिन भएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पे्रम आलेले उक्त घटनाको छानबिन गरेर दोषीमाथि कारवाही गर्न निर्देशन दिएका थिए । छानबिन नसकिदै सुरक्षा लापरबाही देखिएको भन्दै सुरक्षा कमाण्डर धु्रवराज थापालाई निलम्बन गरेको स्रोतले जनाएको छ ।

निगमको एअरबस ३३० जहाज दोहा उड्ने क्रममा गत फागुन १ गते जहाजको ढोकामा बोर्डिङपास र सुरक्षा चेकजाँच बिना एक युवक भेटिएका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot