Logo

एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले निकाल्यो मशाल जुलुस(फोटोफिचर)



काठमाडौँ, १२ फागुन। अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बागबजारदेखि आरआर क्याम्पससम्म मशाल जुलुस निकालेको थियो। हिजो (बुधबार) बेलुका अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले एमसीसीविरुद्ध जुलुस निकालेको थियो।

आज १२ गतेबाट संसदमा एमसीसी छलफल सुरु हुने भनिएको एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले हिजो मसाल जुलुससहित विरोध प्रदर्शन गरेका थिए । उक्त मशाल जुलुस काठमाडौंको बागबजारबाट सुरु आरआर क्याम्पससम्म लागिएको थियो । एमसीसीविरुद्ध हिजो काठमाडौंलगायत देशैभर प्रर्दशन गरिएको थियो ।-Photo By: Janak Dhungana



प्रतिक्रिया दिनुहोस्

Screenshot