Logo

एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड



काठमाडौं, १२ फागुन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् ।

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए । ‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ‘ प्रचण्डले भने ।

माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ‘वान अन वान’ कुराकानी भएको थियो ।

प्रचण्डसँगको भेटवार्तापछि एमाले नेताहरु देउवासँगको छलफलका लागि बालुवाटार प्रस्थान गरेका छन् । एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय सत्ता गठबन्धनमा दरार आएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot