Logo

एमाले अध्यक्ष ओली पोखरामा



काठमाडौं, फागुन १३ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । ओली दिउँसो २ बजेको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभामा पेस अमेरिकी सहायता सम्झौता अनुमोदनमा सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग खोजिरहेका छन् ।

यता आजको संसद बैठकसमेत सर्न सक्ने सम्भावनासमेत बढ्दै गएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच हिजो जस्तै बेलुकी छलफल हुनसक्ने स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्