Logo

ललितपुर मेयर महिला टी–२० च्याम्पियनशीपः एपीएफको लगातार तेस्रो जित



काठमाडौं, १३ फागुन । ललितपुर मेयर महिला टी–२० च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गर्दै एपीएफले जित निकालेको छ । यस जितसँगै एपीएफ फाइनल नजिक पुगेको हो ।

ललिपुर मेयर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

शुक्रबारको खेलमा ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा मात्र ३ विकेट गुमाउदै पुरा गर्यो ।

एपीएफको जितमा ज्योती पाण्डेले अर्धशतकिय इनिङ्स खेलिन् । रोमा थापा ११ रनमा अविजित रहिन् ।

ललितपुर मेयर्सका लागि अनुराधा चौधरीले एक विकेट हात पारिन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ८० रन जोड्यो ।

ललितपुर मेयर्सका लागि सुमन खतिवडाले सर्वाधिक ३० रन जोडिन् भने आरती विडारी २१ रनमा अविजित रहिन् ।

एपीएफका लागि करुणा भण्डारी र सुमन विष्टले समान एक–एक विकेट हात पारे ।



प्रतिक्रिया दिनुहोस्