Logo

प्रहरी भर्ना विज्ञापनविरुद्धको रिटमा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश, दुबै पक्षलाई बोलाइयो



काठमाडौं, १३ फागुन । प्रहरी भर्नाको विज्ञापन खुलाएको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले दुबै पक्षलाई आगामी फागुन १५ गते छलफलका लागि बोलाएको हो ।

संघीय सरकारले ठुलो संख्यामा प्रहरी भर्नाको विज्ञापन खुलाएको विरुद्ध मधेश सरकारले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले प्रहरी कर्मचारी समायोजना ऐन २०७६ विपरित प्रहरी भर्नाको लागि विज्ञापन आह्वान गरेको भन्दै परमादेश जारी गरि पाउँ भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयविरुद्ध फागुन ३ गते रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्