Logo

अर्थमन्त्री शर्मालाई लिएर प्रचण्ड बालुवाटार छिरेपछि…



काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार छिरेका छन् । उनको साथमा अर्थमन्त्री जर्नादन शर्मा पनि छन् ।

प्रचण्डले देउवासँग एमसीसीलाई निकास दिने महत्वपूर्ण प्रस्ताव लिएर गएको बुझिएको छ । उनले सत्ता गठबन्धन पनि जोगिने र एमसीसीले पनि निकास पाउने उपायसहितको प्रस्तावबारे छलफल केन्द्रित गरेका हुन् ।

एमसीसी टेबल नगरी संसदमा अनुपस्थित अर्थमन्त्री शर्मालाई लिएर प्रचण्ड बालुवाटार जानुलाई अर्थपूर्ण मानिएको छ । उनले आज बालुवाटारमा माओवादी नेतासँग छलफलपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । नेपालले पनि आजै देउवासँग भेटवार्ता गरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot