Logo

एक वर्षपछि प्रचण्डसँग वामदेवको भेटवार्ता, एमसीसीलाई लिएर तात्यो राजनीति



काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्टियसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपा विभाजन भएपछि वामदेव गौत एमालेमा पनि सक्रिय छैनन् ।

उनले एमालेको सबै जिम्मेवारीबाट राजीनामा दिईसकेका छन् । उनले अहिलेपनि एकता अभियान सञ्चालन गरिरहेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर नेपालको राजनीति तातेपछि वामदेवको पनि सक्रियता बढेको छ। कांग्रेस र एमालेबीच राजनीतिक सहमति हुन लागेको बेलामा वामपन्थी नेताहरुको पनि सक्रियता बढेको हो ।

प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले एक वर्षपछि भेटवार्ता भएको उल्लेख गरेकी छिन् । यद्धपी यो बीचमा प्रचण्ड र वामदेवबीच भेट भने भएको छ। वामदेवकी छोरीको विवाहमा प्रचण्ड शुभकामना दिन पुगेका थिए ।

वामदेव एमसीसी कुनैपनि हालतमा पारित गर्न नहुने पक्षमा छन् । उनले सार्वजनिक रुपमै एमसीसी फिर्ता लैजानको लागि अमेरिकालाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्