Logo

हमलाको दुई दिनमै रुसी सैनिक युक्रेनको राजधानी पस्यो



एजेन्सी, १३ फागुन । रुसले युक्रेनमाथि हमला गरेको दुई दिनमै मुख्य शहरहरुमा नियन्त्रण बनाएको छ । उसले राजधनी किभमा समेत नियन्त्रण बनाउन आक्रमण चलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

किभमा रुसी सैनिक पसेको र भिडन्तहरु भइरहेको उल्लेख छ । रुसले किभको उत्तरपश्चिमको सैनिक अखडा कब्जा गरेको दाबी गरेको छ । उक्त अखडा किभबाट सात किलोमिटर दूरीमा पर्छ ।

भिडियोहरुमा सैन्य गाडीहरु अगाडि बढिरहेको देखिन्छ । युक्रेन सरकारले आफ्ना नागरिकलाई प्रतिरक्षाको आग्रह गरेको छ ।

रुसी आक्रमणपछि यूरोपेली युनीयन र अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । तर, युक्रेनले सैन्य साथ मागेपनि पाएको छैन । रुसले अन्य देश या एलायन्स सहभागी भए गम्भीर क्षतिको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

युक्रेनले टर्कीलाई रुसी युद्धपोतलाई ब्लाक सीबाट उसको समुन्द्री क्षेत्रमा जान नदिन गरेको आग्रह अस्वीकार गरेकोछ । टर्कीले रुसी युद्धपोत फर्कनबाट रोक्न नसकिने जनाएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot