Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं, फागुन १५ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा आजको बैठक केन्द्रित रहने छ ।

सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एस अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर देखिएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न तत्पर देखिएका छन् ।

शनिबार राति खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलपछि दाहाल–नेपाल लचिलो बनेका छन् । देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot