Logo

एमसीसी अनुमोदनमा जाँदा माओवादी र नेकपा एस फुट्न सक्ने



काठमडौं, १५ फागुन । सत्ता गठबन्धन नजोगाए राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने भएबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कठिन निर्णयको घडीमा छन् । दुवैले एमसीसी अनुमोदनका लागि पार्टीबाट निर्णय गराउन बैठक डाकेका छन् ।

प्रचण्डले खुमलटारमा माओवादीका प्रभावशाली नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । उनले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै वाध्यात्मक परिस्थितिमा संकल्प प्रस्ताव पारित गर्ने गरी एमसीसी अनुमोदनको निर्णय गराउने बुझिएको छ । तर, एमसीसी अनुमोदनको पक्षमा प्रचण्डलाई निर्णय गराउन कठिन छ । नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरु एमसीसी कुनै हालतमा अनुमोदन नगर्ने पक्षमा उभिएका छन् ।

नेकपा एसको बैठक पनि एमसीसी अनुमोदनको विषयमै केन्द्रित हुने बताइएको छ । माधव नेपाल एमसीसीमा लचिलो भएपनि झलनाथ खनाल खुलेरै विरोधमा छन् । उनले एमसीसीको पक्षमा मतदान गर्ने सम्भावना देखिदैछ । एमसीसी पारित गर्न बढेमा नेकपा एसबाट विद्रोह गर्ने सम्भावना छ ।

एमसीसीबारे पक्षमा निर्णय लिदा माओवादी र नेकपा एसभित्रै ठूलै विद्रोहको अवस्था बन्न सक्छ । बढीभन्दा बढी सांसद एमसीसीको विपक्षमा गएमा पारितका लागि संख्या पुग्न कठिन हुनसक्छ । यसले नयाँ चुनौती ल्याउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot