Logo

मोहन मैनालीद्वारा अनुवादित ‘आकाशमुखी’ बजारमा



काठमाडौं, १५ फागुन । लेखक, पत्रकार तथा अनुवादक मोहन मैनालीद्वारा अनुवादित पुस्तक ‘आकाशमुखी’ लोकार्पण भएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजनामा गर्दै अध्येताद्वय हरि शर्मा र सगुना शाहका साथमा लेखक मोहन मैनालीले पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकको टिप्पणी गर्दै शर्माले आकाशमुखी मौलिक पुस्तक भएको बताउँदै यस्तो किताबलाई विद्यालयको कोर्समा राख्नुपर्ने धारणा राखेका थिए ।

साथै, उनले यो पुस्तक आफ्ना सन्तानलाई पढ्न सबैले सिफारिस गर्नु पर्ने बताए ।

कार्यक्रममा पुस्तकको बारेमा कुरा गर्दै सगुना शाहले नारी शिक्षा, समानता, स्वतन्त्रताका लागि पश्चिमा समाजले कसरी संघर्ष गरेको थियो भन्ने कुराको ज्ञान लिन नेपाली समाजका निम्ति यस पुस्तकबाट प्रेरित हुने बताइन् ।

पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्