Logo

इटालियन सिरी ए फुटबलः युभेन्ट्सको रोमान्चक जित



काठमाडौं, १५ फागुन । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले इम्पोलीमाथि रोमान्चक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३२औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर, खेलको ३९औं मिनेटमा जुर्कोवास्कीले गोल गर्दै इम्पोलीलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ४५औं मिनेटमा डुसन भ्लाहोविचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अवस्थामा पुर्याए ।

साथै, ७६औं मिनेटमा आन्द्रे ला मान्टियाले गोल गरेपछि इम्पोलीले खेल २–२ को बराबरीमा ल्याए ।

खेलको ६६औं मिनेटमा डुसंले गोल गर्दै युभेन्ट्सलाई ३–२ को जित दिलाए ।

यस जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।

इम्पोली ३१ अंकका साथ १३औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot