Logo

हामीलाई प्रक्रियामा सहभागी हुनबाटै व्यञ्चित गरियो: उपाध्यक्ष नेम्बाङ



काठमाडौँ, १५ फागुन। नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्बाङले एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रक्रियामा सहभागी हुनबाटै आफूहरु व्यञ्चित भएको बताएका छन् । आज (आइतबार) बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि नेता नेम्बाङको यस्तो भनाइ आएको हो ।

एमसीसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी हुने वातावरण सत्ता गठबन्धनले नबनाएका बताउँदै उनले एमालेले संसद अवरोध जारी राख्ने बताएका छन् । नेता नेम्बाङले प्रतिनिधिसभाको बैठक अवरोध खोल्न कांग्रेस सकारात्मक नभएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक छलफल गरेका थिए । तर, एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेसम्म एमसीसी प्रक्रियामा सहभागी नहुने अडान राखेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्